शुक्रबार, २९ कार्तिक, २०८२

रवि र छविको मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, १९ घण्टा पहिले

रवि र छविको मुद्दामा मिसिल झिकाउन अदालतको आदेश

२०८२ कार्तिक २७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।

आज तुलसीपुर उच्च अदालत, बुटवल इजलास का न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा उनीहरू हाल थुनामा छन् । अहिले फेरि थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ माग गर्ने आदेश दिएको थियो । अहिले पुन: थप प्रमाण अन्य मिसिल झिकाउन आदेश दिएको हो । गत बिहीबार सुरु मिसिल प्राप्त भएपछि आजका लागि पेशी तोकिएको थियो ।

advertisement_1676553908.gif