शनिबार, १८ जेष्ठ, २०८२

संघीय गणतान्त्रिक गठबन्धन घोषणा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ जेष्ठ, २०८२

संघीय गणतान्त्रिक गठबन्धन घोषणा

१६ जेठ २०८२, जनकपुर । मधेश केन्द्रित साना पाँच दलहरु मिलेर ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् ।

बिहिबार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेश केन्द्रित ५ दलहरुले गठबन्धन घोषणा गरेका छन । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् ।

घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सक्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए ।

कथित मधेशका मसिहा कहलाउनेहरुले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ । उनले दलाल पुँजीपति, भ्रष्ट नेता रकर्मचारीहरुका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरुले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफूहरुको गठबन्धन ईच्छाले नभई जनता र मधेशलाई अधिकार सुनिश्चित गर्न आवश्यकताले निर्माण गरिएको उल्लेख गरे ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif