बुधबार, ३० बैशाख, २०८३

संसद् बैठक १५ मिनेटका लागि स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

संसद् बैठक १५ मिनेटका लागि स्थगित

२०८३ बैशाख ३०, काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डिपी अर्यालले बैठक स्‍थगित भएको सदनमा जानकारी गराए।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

अवरोधकाबिच सभामुखले बैठकलाई निरन्तरता दिने प्रयास गरे पनि विपक्षीहरुले अवरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो ।

advertisement_1680627706.gif