राष्ट्रिय सन्देश संबाददाता, ५२ मिनेट पहिले
२०८३ असोज २६ काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
बिहान ९: १५ बजेदेखि आज बस्ने बैठकमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई समितिमा आमन्त्रण गरी छलफल गरिनेछ ।
सरकारले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जबरालाई राजदूतमा प्रस्तावित गरेको छ ।
समितिका अनुसार आज गणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित डा. निश्चल नाथ पाण्डे, काठमाडौँ, जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित कल्याण राज शर्मा काठमाडौँ, संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित चिरन जङ्ग थापा, ललितपुर, संयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित गौरव शमशेर जबरा, काठमाडौँलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।