राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ असोज ०४ काठमाडौँ I संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेको छ ।
मन्त्रालयका अनुसार न्यूयोर्क बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले महासभाका विभिन्न उच्चस्तरीय बैठक, मन्त्रिस्तरीय छलफल तथा अन्य साइड इभेन्टहरूमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।