शनिबार, ९ जेष्ठ, २०८३

सचिवालय बैठकमा योगेश भट्टराईले मागे ओलीको राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

सचिवालय बैठकमा योगेश भट्टराईले मागे ओलीको राजीनामा

२०८३ जेष्ठ ०९ ,काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा भट्टराईले अध्यक्ष ओलीको राजीनामा मागेका हुन् । 

‘अब तपाईँबाट पार्टी चल्दैन । राजीनामा दिनुस्,’ भट्टराईले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने । यसअघि हिजो बसेको सचिवालय बैठकमा ४ जना उपाध्यक्षले पनि ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

यसैबीच आज महासचिव शंकर पोखरेलले पनि पार्टीमा समीक्षा जरुरी रहेको बताउँदै अहिलेकै परिस्थितिमा अघि बढ्न नसक्ने बताएका थिए ।

अर्को बैठक आइतबार बस्ने उपमहासचिव लेखराज भट्टले जानकरी दिए ।

advertisement_1676553908.gif