राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२
काठमाडौं । सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै मंगलबार पनि सार्वजनिक यातायात नचल्ने भएका छ्न ।
यातायात महासंघका महासचिव भरतराज नेपालले गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको बताए । सोमबार (आज)को वार्ता निष्कर्षविहीन भएपछि मंगलबार (भोलि) साढे १० बजे पुनः वार्ता हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको थियो ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सञ्चालनसम्बन्धि नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् ।