बुधबार, २९ आश्विन, २०८२

दलका प्रतिनिधि र सभामुखको छलफल सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

दलका प्रतिनिधि र सभामुखको छलफल सुरु

२०८२ असोज २९, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । दलहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुन:स्थापनाका लागि कानुनी पहल गर्न चाहेको सन्दर्भमा सभामुखले छलफलका लागि बोलाएका हुन् ।

बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाएको बताइएको छ ।

छलफलमा कांग्रेस, एमाले माओवादी राप्रपा लगायतका प्रतिनिधि सहभागी हुँदा रास्वपा भने छलफलमा सहभागि भएको छैन । रास्वपाका नेता सन्तोष परियारले आफ्नो दल उपस्थित नभएको बताए । उनले पार्टीको सचिवालय बैठक भएकोले सहभागी नभएको स्पष्ट पारे । तर रास्वपा भने संसद विघटनको पक्षमै रहेकोले बैठकमा सहभागी नभएको बताइएको छ । 

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन् ।

advertisement_1744958411.jpg