राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २ फाल्गुन, २०८१
२०८१ फागुन २ गते काठमाडाैं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा उच्चस्तरीय राजनीतिक संयन्त्रमा सम्लग्न दुवै दलका नेताहरु बैठकमा सहभागी छन् ।
बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।