शुक्रबार, २५ पुष, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिए

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २३ पुष, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिए

२०८२ पुष २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

बालुवाटारबाट फर्किएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।

चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको विषयमा जनस्तरबाट पटक–पटक प्रश्न उठ्दै आएका थिए । यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।

घिसिङ यसअघि अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि उनी सो पार्टीको वरिष्ठ उपसभापति बनेका थिए ।

advertisement_1676551646.gif