राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२
१८ जेठ २०८२, काठमाडौं । राजावादी आन्दोलनका क्रममा आज पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सात जना रिहा भएका छन् ।
आज नारायणचौरमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले थापा सहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालाई पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परेपछि प्रहरी परिसरमा भेट्न पुगेका दिपक सिंहलाई समेत पक्राउ गरेको थियो । उनले प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो । अहिले सातै जनालाई रिहा गरिएको छ ।
एकजनालाई भने रिहा गरिएको छैन ।