मंगलवार, १७ असार, २०८२

राप्रपाका महामन्त्री एवं सांसद धवलशम्शेर राणालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २ असार, २०८२

राप्रपाका महामन्त्री एवं सांसद धवलशम्शेर राणालाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

२ असार २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई साेमबार ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेसँगै उनी धराैटी बुझाएर रिहा भएका हुन् ।

जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियाे ।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर रहेका थिए तर सोमबार बिहान उनी अदालतमा उपस्थित भएका थिए ।

उनको बयानपछि थुनछेक बहस भएको थियो । उक्त बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif