शुक्रबार, ३ जेष्ठ, २०८२

राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृहद्वारा चेतावनी जारी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ७ बैशाख, २०८२

राप्रपाले आज निषेधित क्षेत्र तोडने, गृहद्वारा चेतावनी जारी

७ बैशाख २०८२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधाज्ञा तोडने भएको छ । गत साता सम्पन्न केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार आज राप्रपाले काठमाडौं, बानेश्वरस्थित निषेधित क्षेत्र तोडन खोजेको हो ।

गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाईको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोडन लागेको हो ।

तर, गृह मन्त्रालयले निषेधित क्षेत्र तोडने राप्रपाको तयारी प्रति जानकार रहेको भन्दै कानुन उलङघन नगर्न चेतावनी दिएको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif