बुधबार, १९ मंसिर, २०८१

advertisement_1730215456.gif

प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ ३ करोड बढी संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १ मंसिर, २०८१

प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ ३ करोड बढी संकलन

नेपालगन्ज, मंसिर १ । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आयोजित वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न भएको छ । २२ गतेबाट शुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।

राप्ती तटको सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्य सहित शुरु भएको महोत्सवबाट झण्डै ३ करोड बढी संकलन भएको महोत्सव आयोजक समितिका आर्थिक उपसमिति संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनु भयो । महोत्सव शुरु हुनु पूर्वदेखि संकलन हुन थालेको र प्रतिवद्धता गरिएको महोत्सवको समापनको दिन शुक्रवार मात्र ३० लाख बढी दान प्राप्त भएको छ । 

नियमित भागवत प्रवचन बिहिबार सम्पन्न भएपनि भागवतको सार र आध्यात्मका विषयमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखररेलले आज प्रवचन दिनु भएको थियो । प्रवचनका क्रममा उनले आफुले कहिल्यैपनि आर्थिक शुल्क तोकेर कथा प्रवचनमा जाने नगरेको बताउँदै आफ्नो बुवा स्वर्गीय पण्डित नारायण पोखरेलले देखाएको बाटोलाई मात्र पछ्याएको बताउनु भयो । आध्यात्मलाई भौतिक विकास र समतामुलक समाजको परिकल्पना सहित आफ्नो बावुले थालेको अभियानलाई पूर्णता दिन मात्र आफुले कथा प्रवचनको बाटो अवलम्बन गरेको उहाँले बताउनु भयो । उहाँले प्रवचनकै क्रममा वैकुण्ठधाम निर्माणका लागि आफुले १ लाख ११ हजार १११ रुपैयाँ दान गर्ने घोषणा पनि गर्नुभयो । 

समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अहिले संकलन भएको दान अन्तिम नभएको बताए । उनले स्थानीय सरकारबाट वैकुण्ठधामका लागि निरन्तर सहयोग हुने प्रतिबद्धता जनाउँदै यसपछि पनि दानदाताहरुले धाम निर्माणका लागि दान गर्न सक्ने स्पष्ट पार्नुभयो । विहीवार महोत्सवमा बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियक अहमद शाहले महोत्सवमा ५ लाख रुपैयाँ दान गर्दै धार्मिक सद्भाव कायम गर्न भन्दै कथा प्रवचन र आरतीमा समेत सरिक भएका थिए ।

महोत्सवको कथा प्रवचनका बीचमा बोल्दै अध्यक्ष शाहले हाललाई ५ लाख दिएपनि वैकुण्ठधाम निर्माणका लागि नपुग रकममा आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पालिकाको तर्फबाट निर्णय गराएर थप बजेटको व्यवस्था गर्ने जनाउँदै हर हालतमा वैकुण्ठधाम बनाएरै छाड्ने अठोट गर्नुभयो । आजको कथावाचनका वीच डा. कुमार शान शाह र डा. मन्जु बिसी शाहबाट ७ लाख ७७ हजार ७७७ रुपैयाँ दान गरे । त्यसैगरि आयोजक समितिकी सह संयोजक तथा एबिसी मा.वि. की प्रमुख शशी स्वाँरबाट १ लाख ५१ हजार १११, महासचिव श्रीराम सिग्देलबाट १ लाख ५१ हजार १११, मिनबहादुर मल्लबाट १ लाख २५ हजार, कन्हैयालाल बैद्यबाट १ लाख २१ हजार, अल्पना गुप्ताबाट १ लाख ११ हजार १११ रुपैयाँ, बुद्धिवल श्रेष्ठबाट १ लाख ११ हजार १११, एसियन ब्लु क्यासिनोबाट १ लाख १ हजार, अशोक बस्नेतबाट १ लाख १ हजार प्रदान भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताए । 

त्यस्तै महोत्सव सचिवालयका ओबिराज आचार्यबाट ७५ हजार, सडक डिभिजन कार्यालय नेपालगन्जका कर्मचारीबाट ६५ हजार ५५५, पतन्जली योग समितिबाट ६३ हजार ३८५, कर्मचारी मिलन केन्द्रबाट ५५ हजार ५५५, भीम सुबेदीबाट ५५ हजार ५५५, डा. सुर्यलाल वर्मा र उर्मीलादेवी वर्माबाट ५१ हजार १११, राकेश कुम्हनलबाट ५१ हजार १११, अमरजित सिंहबाट ५१ हजार, विजय गुप्ता र दिपेश गुप्ताबाट ५१ हजार दान गरे । मालपोत तथा भूमिसुधार कार्यालय बाँकेका कर्मचारीहरुबाट ४२ हजार ९१५, जिल्ला हुलाकका कर्मचारीबाट ४१ हजार ५५५, सशस्त्र प्रहरी बल ३० नम्बर गणको तर्फबाट ३५ हजार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट ३५ हजार, योग समितिका तर्फबाट ३१ हजार ५५५, लक्ष्मी नारायण समितिका तर्फबाट ३१ हजार ५५, आन्तरिक राजश्व कार्यालयका तर्फबाट ३० हजार, आदर्शमाबी शिक्षक परिवार २७ हजार दान प्राप्त भएको श्रेष्ठले बताउनु भयो । 

उहाँका अनुसार तेजबहादुर चन्दबाट २५ हजार ५, साबित्रा शर्मा रिजालबाट २५ हजार १, हरपाल सिंहबाट २५ हजार, दिवस सिंह हमालबाट २५ हजार दान गरेका थिए । महोत्सव शुरु हुनु पूर्व डा. बद्री चापागाईंबाट रु.५ लाल ५५ हजार ५ सय दान दिएर शुरु गरिएको त्यसैगरि यसअघि वरिष्ठ चिकित्सक डा. रमेश कुमार श्रेष्ठबाट ४ लाख १० हजार, नेपालगन्ज–९का रामचन्द्र आचार्यबाट २ लाख ५५ हजार ५५५ रुपैयाँ, नेपालगन्ज–१० भृकुटीनगरका डा. लक्ष्मण सिग्देलबाट १ लाख १ हजार १११ रुपैयाँ, डा. विपिन आचार्यबाट शाश्वत आचार्य स्मृति प्रतिष्ठान तर्फबाट रु.५१ हजार प्रदान गर्नुभयो भने वरिष्ठ चिकित्सक डा. प्रकाश बहादुर थापाबाट २ लाख २२ हजार २२२, टोपबहादुर थापाबाट १ लाख ११ हजार १११ र ललित रौनियारबाट २५ हजार दान गर्ने घोषणा भएको कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको अन्तिम दिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए । संगीतमय भजनमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक विमल डाँगी सहित वाचन शिरोमणि पोखरेल छमछमी नाचेका थिए ।

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउनका लागि ठुलो संख्यामा रु.११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ता गर्न आएको आयोजकले जनाएको छ ।
संकलित रकमको पूर्ण विवरण संकलन भइरहेकाले आर्थिक संकलनको पूर्ण विवरण १ महिनाभित्र सार्वजनिक गरिने आर्थिक संयोजक श्रेष्ठले जानकारी दिंदै भूमिदान र प्रतिबद्धताको रकम सहित करीब ३ करोड महोत्सवबाट संकलन भएको उहाँले बताउनु भयो । 

महोत्सवमा प्रवचनसँगै शालिकरामको दर्शन, इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा, रुद्री, ग्रहशान्ति गर्न गराउन सक्ने व्यवस्था मिलाइएको मूल समितिका महासचिव श्रीराम सिग्देलले बताउनु भयो । 
समितिका अनुसार बाँकेको डुडुवा–५ सिधनियाघाटमा आधुनिक सुविधा सम्पन्न दाहसंस्कार स्थल उक्त बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएको छ । वाचन शिरोमणी पं. पोखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा २० करोड रकम संकलन हुने उद्घोष गर्नु भएको थियो ।  

महोत्सवबाट संकलन भएको रकमबाट  निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरोन्नति गर्दै विद्युतीय शवदहन गृह समेत निर्माण गर्ने योजना रहेको संयोजक डा. सुरेश कनोडियाले बताउनु भयो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg