मंगलवार, २८ आश्विन, २०८२

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालको कीर्तिमानी साझेदारी।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ असार, २०८०

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालको कीर्तिमानी साझेदारी।

काठमाडौँ । जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ।

जिम्बाबे संग  टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले विनाविकेटको क्षतिमा ११५ रन बनाएसँगै नेपालले एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी गरेको हो। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले २६ ओभर चलिरहदा कीर्तिमान बनाएका हुन् ।

यसअघि नेपालको पहिलो विकेटको लागि ११४ रनको साझेदारी गरेको थियो। यो साझेदारी पनि कुशल र आसिफले नै ओमानविरुद्ध सन् २०२२ मा गरेका थिए।
 १४० रन बनाएसँगै नेपालले कुनै पनि विकेटका लागि अहिलेसम्मकै अर्को कीर्तिमान बनाएको छ। 

कुशल टेस्ट टिमविरूद्ध एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने नेपालका पहिलो ब्याटर बनेका छन्।

advertisement_1680627706.gif