सोमबार, ११ कार्तिक, २०८२

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्‍तर्गत पहिलो खेल आज नेपाल र अमेरिकाबिच प्रतिस्पर्धा हूदै

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

आइसीसी विश्वकप क्रिकेट लिग–२  अन्‍तर्गत पहिलो खेल आज नेपाल र अमेरिकाबिच प्रतिस्पर्धा  हूदै

२०८२ कार्तिक ९, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । आज हुने लिगको ८६ औं खेल हो ।

आइतबार नेपाल बलियो टोली संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्न  लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेट सुरु हुनेछ । नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्न लागेको हो ।

केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंक तालिकाको ७ औं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म हुँदैछन् ।

नेपालले आफ्नो दोस्रो खेल कात्तिक १३ गते (बिहीबार) युएईसँग खेल्ने तालिका छ ।

यस्तै, शृङ्खलाको तेस्रो खेलमा कात्तिक १५ गते (शनिबार) अमेरिकासँग खेल्ने छ भने शृङ्खलाको अन्तिम खेलमा नेपालले कात्तिक १९ गते (बुधबार) युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

advertisement_1676551694.gif