मंगलवार, २८ आश्विन, २०८२

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ असार, २०८०

अमेरिकाले  नेपाललाई  दियो २०८ रनको लक्ष्य।

काठमाडौँ । अमेरिकाले आईसीसी विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका गदानन्द सिंह पभेलियन फर्किएपछि अमेरिकाका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरे ।

संकटमा रहेको अमेरिकाको उद्दार मात्र गरेनन  उनी सय रनमा अविजित रहे । भने, अमेरिका एक ओभर बाँकी रहँदा अलआउट भयो नेपालको बलिङमा करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

 

advertisement_1744958411.jpg