मंगलवार, २८ आश्विन, २०८२

अस्ट्रेलियामा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ श्रावण, २०८२

अस्ट्रेलियामा  हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८२ साउन २५, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी-२० सिरिज खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

क्यानले आइतबार एक कार्यक्रम गरेर  टप एण्ड टी-२० सिरिज खेल्ने टोलीको बिदाइ गरेको हो । क्रिकेट खेल्ने टोली सोमबार त्यसतर्फ प्रस्थान गर्दैछन । उक्त सिरिज अगष्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ । सिरिजमा पाकिस्तान तथा बंगलादेशका ए टिमसहित विभिन्न टोलीसको सहभागिता रहनेछ । नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । यसलाई अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा हेरिएको छ ।

नेपालि टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहव आलम रहेका छन् । 

advertisement_1676998982.gif