मंगलवार, २८ आश्विन, २०८२

बंगलादेशले जित्यो साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२

बंगलादेशले जित्यो साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि

काठमाडौँ। नेपाललाई हराउँदै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले च्याम्पियनसिपको उपाधि जितेको हो ।

बंगलादेशले पहिलो हाफमा एक गोल गरेको थियो भने  दोस्रो हाफमा थप ३ गोल गर्‍यो । बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।

उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीमा च्याम्पियन बनाइन् ।

advertisement_1676553908.gif