राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २६ माघ, २०८२
२०८२,माघ २५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् ।
बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्मरण गराउँदै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको तारिफसहित टोलीलाई जितको शुभकामना दिएका हुन् ।
बालेनले सामाजिक संजालमा शुभकामाना दिदै लेखेका छन् । क्रिकेट देखि सदनसम्म सन् २०१४ मा पहिलो पटक नेपालले विश्वकप क्रिकेट खेलेको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो । हाम्रा समानुपातिक सांसदका उम्मेदवार रहनुभएका ज्ञानेन्द्र मल्लले त्यो बेला विश्वकपमा उत्कृष्ट प्रर्दशन गर्नुभएको थियो । विश्वकपमा उहाँको ब्याटिङ नेपालको जितको आधार पनि बनेको थियो ।
आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ । क्रिकेटले देशलाई जोड्ने र खुसी हुने मौका दिएको छ । व्यवसायीक रुपमा अघि बढ्ने सम्भावना देखाएको छ । क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौं । उहाँकै अनुभव र भिजन अनुसार अब नेपालको क्रिकेट अगाडी बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल अनुशासन र क्षमतालाई क्रिकेट र समग्र खेलकुद विकासमा सदुपयोग गरिनेछ ।
लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टिमका सम्पुर्ण खेलाडीलाई शुभकामना । सिंगो देश तपाईंहरुको साथमा छ ।
यसैगरी सिंगो देश नेपाली राष्ट्रिय क्रिकेट टोलीको साथमा रहेको समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आजदेखि नेपालले तेस्रो पटक विश्वकप खेल्दैछ ।