मंगलवार, २८ आश्विन, २०८२

भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ भाद्र, २०८०

भारतले पाकिस्तानलाई  दियो २६७ रनको लक्ष्य।

काठमाडौँ। श्रीलंकामा जारि एसिया कपमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको  छ। श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारतले ७ बल अगावै आलआउट हुँदै २६६ रनमा रोकियो। 

इशान किसन र हार्दिक पाण्डेले इनिङ सम्हालेपछि भारतले सम्मानजनक लक्ष्य प्रस्तुत गर्न सकेको हो। ९० बल खेलेका हार्दिकले ७ चौका र एक छक्कासहित सर्वाधिक ८७ रन बनाए। त्यसअघि पेभेलियन फर्किएका किशनले ९ चौका र दुई छक्कासहित ८२ रन बनाए।

 

भारतले दस ओभरको खेलमै महत्वपूर्ण तीन विकेट गुमाउन पुगेको थियो। भारतले कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयश लयरलाई सुरुवातमै गुमाउन पुगेको थियो। रोहितले ११, विराटले ४ र श्रेयशले १४ रन बनाएका थिए।


पाकिस्तानका लागि साहिन शाह अफ्रिदीले ४ सर्वाधिक ४ विकेट लिए। त्यस्तै नसिम शाह र हरिस राउफले तीन-तीन विकेट लिए।

advertisement_1676553908.gif