सोमबार, ११ कार्तिक, २०८२

एएफसी एसियन कप : नेपाली राष्ट्रिय फुटबल टोली आज मलेसियासँग खेल्‍दै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ चैत्र, २०८१

एएफसी एसियन कप :  नेपाली राष्ट्रिय फुटबल टोली आज मलेसियासँग खेल्‍दै

१२ चैत्र २०८१, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली आज (मंगलबार) मलेसियासँग खेल्‍दैछ । मलेसियाको घरेलु मैदान इब्राहिम सुल्तान स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ ।

नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण नेपाली टोली मलेसिया गएको हो। अघिल्लो साता सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा १–० को ऐतिहासिक जित हासिल गरेको  नेपाली टोली उच्च मनोवलमा छ । खेलअघि नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले मलेसिया बलियो प्रतिद्धन्दी भएपनि जितका लागि नै खेल्ने बताएका छन्। 

नेपाल र मलेसियाबीच अहिलेसम्म सात पटक भेट भएको छ। ती सातै भेटमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाली टोली आजको खेलमा मलेसियाविरुद्ध हारको शृङ्खलालाई तोड्दै नयाँ सुरुवात गर्न चाहन्छ। छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ। 

advertisement_1676551537.gif