बिहीबार, २८ फाल्गुन, २०८२

एनपीएल अन्‍तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच प्रतिस्‍पर्धा हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ मंसिर, २०८२

एनपीएल अन्‍तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच प्रतिस्‍पर्धा हुँदै

२०८२ मंसिर १७, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबिच प्रतिस्‍पर्धा हुँदैछ । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् ।

विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।

लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ। ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

advertisement_1676551646.gif