राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २६ मंसिर, २०८१
२६ मङ्सिर काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेल सुदुरपश्चिम तथा जनकपुर बीच हुदैछ । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल भएकोले बिहानै टीयू मैदान कीर्तिपुरमा बिहानै देखि दर्शकहरुको घुइचो लागेको छ ।
पहिलो खेलमा अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरूद्ध दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले टस हारेर ब्याटिङ गरिरहेको छ । आजको यो खेल रोमान्चक मात्र होइन धेरै दर्शकहरु उत्साहका साथ हेर्नको लागि मैदानमा पुगेका छन्।
जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ । जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ।जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन् ।