शुक्रबार, ३० फाल्गुन, २०८१

एनपीएल: सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य, जनकपुरले गुमायो ९ विकेट

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २६ मंसिर, २०८१

एनपीएल: सुदुरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य, जनकपुरले गुमायो ९ विकेट

काठमाडौं, मंसिर २६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रिकेट मैदानमा आज बुधबार जारी खेलमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन मात्र जोडन सफल भएको छ । 

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाएका थिए, उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाउन सफल भए ।

ओपनर एवम् कप्तान अनिलकुमार साह र मध्यक्रमका शुभ कांशाकारले शून्यमै आउट भएका थिए । त्‍यस्‍तै आसिफ शेख चार, लाहिरू मिलान्था सात, हर्ष ठाकर पाँच र जेमी निसम चार रनमै आउट भएका थिए ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif