बिहीबार, २८ फाल्गुन, २०८२

एसिसी यू-१९ प्रिमियर कप अन्‍तर्गत नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग प्रस्तिपर्धा हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२

एसिसी यू-१९ प्रिमियर कप अन्‍तर्गत नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग प्रस्तिपर्धा हुँदै

२०८२ मंसिर १५, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग सँग नेपाल प्रतिस्‍पर्धा गर्दैछ ।

उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो ।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान  छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ ।

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू-१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।

advertisement_1680627680.gif