बिहीबार, २८ फाल्गुन, २०८२

जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले प्लेअफमा प्रवेश

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ मंसिर, २०८२

जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले प्लेअफमा प्रवेश

२०८२ मंसिर १३, काठमाडौँ । सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम अपराजित रहेर प्लेअफमा पुगेको हो ।

जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभारमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

साविक विजेता जनकपुरको यो चौथो हार हो । जारी सिजनमा कुनैपनि खेल नजितेको जनकपुर अंक तालिकाको पुछारमा छ ।

पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो ।

advertisement_1680627706.gif