राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २३ आश्विन, २०८२
२०८२ असोज २३, काठमाडौँ । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्( राखेप)का सद्स्यसचिव टंकलाल घिसिङले टिकटमा टाँचा लगाए ।
विश्व हुलाक दिवसका अवसरमा आइसिसी पुरुष विश्वकप तथा महिला यु-१९ विश्वकपमा सहभागी खेलाडीको तस्विर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो ।
खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनितिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरुको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।
रु. १० दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरिएको हो ।