सोमबार, ११ कार्तिक, २०८२

क्यानले गर्यो सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २ जेष्ठ, २०८१

क्यानले गर्यो  सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनको फैसला आए लगत्तै  क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो।

निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

'सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौं,' क्यानका अध्यक्ष चतुरबहादुर चन्द द्वारा जारि विज्ञप्तिमा भनिएको छ। 

advertisement_1680627680.gif