राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ मंसिर, २०८२
२०८२ मंसिर १६, जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सानदार जित हासिल गरेको छ । कर्णाली याक्स ३४ रनले पराजित हुँदै प्लेअफबाट बाहिरिने पहिलो टोली बनेको हो ।
पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि मार्क वाटले ३४ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी, नजिबुल्लाह जाद्रनले २४, पवन सर्राफले १९, प्रियान्क पन्चालले १६, कप्तान सोमपाल कामीले १३ र दीपेन्द्र रावतले १० रन बनाए ।
पोखराका लागि ऋषि धवन र धनञ्जय लक्ष्मणले तीन–तीन तथा किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले एक-एक विकेट लिए ।
कर्णालीलाई हराएपछि तीन खेलमा हार र दुई खेलमा जित निकाल्दै पोखरा चार अंकमा पाचौँ स्थानमा छ ।