मंगलवार, २८ आश्विन, २०८२

महिला यु–२० च्याम्पियनसिप:  श्रीलंका ७–० ले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३१ असार, २०८२

महिला यु–२० च्याम्पियनसिप:  श्रीलंका ७–० ले पराजित

३२ असार २०८२, काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंका पराजित भएको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो ।

नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिकी थिइन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे ।

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो । 

advertisement_1676551646.gif