सोमबार, ११ कार्तिक, २०८२

नेपाल अमेरिकासँग १०६ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

नेपाल अमेरिकासँग १०६ रनले पराजित

२०८२ कार्तिक ९, काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । आइतबार भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रनमा समेटिएको हो ।

नेपालका लागि आसिफ शेखले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले नट आउट ४० रन बनाए । त्यस्तै, आरिफ शेखले २० रन र भिम सार्कीले २९ रनको योगदान गरे । अमेरिकाका लागि हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । शुभम रन्जनले दुई विकेट लिँदा रुहिल गार्करले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले भने मिलन्थ कुमारले ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै, साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए ।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

advertisement_1676553908.gif