सोमबार, ११ कार्तिक, २०८२

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ माघ, २०८०

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित।

काठमाडौँ। आइसीसी यु-१९ विश्वकपको सुपर सिक्सअन्तर्गत दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।  नेपालले दिएको १७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा गरेको थियो। 

बंगलादेशका लागि अरिफुल इस्लामले अविजित ५९ रन बनाएका  थिए भने  जिसन आलमले ५५, असिकुर रहमानले १६, एमडी रिजवानले १५ र अहर अमिनले १२ रन बनाएका थिए। बंगलादेशको सबै विकेट सुवास भण्डारीले लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले एक बल अगावै सबै विकेट गुमाएर १६९ रन बनाएको थियो। नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाएका थिए भने  कप्तान देव खनालले ३५ र अर्जुन कुमालले १४ रन बनाउँदा विपिन रावलले २, आकाश त्रिपाठीले ३, गुल्शन झाले ३, दीपक बोहोराले ३, दुर्गेश गुप्ता ९ र आकाश चन्द शून्य रनमै पेभेलियन फर्किएका थिए।

नेपालले शुक्रबार भारतसँग खेल्नेछ। 

advertisement_1676551646.gif