बिहीबार, २८ फाल्गुन, २०८२

नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ माघ, २०८२

नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित

२०८२,माघ २५, काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकपमा दुईपल्टको विजेता इङ्ल्यान्डसँग जितनजिक पुगेर पनि नेपाल पराजित भएको छ । मुम्बईस्थित वाङखेडे रंगशालामा आइतबार भएको समूह ‘सी’ को पहिलो खेलमा नेपाल ४ रनले पराजित भएको हो ।

काठमाडौं। आईसीसी टी-ट्वेन्टी विश्वकपमा दुईपल्टको विजेता इङ्ल्यान्डसँग जितनजिक पुगेर पनि नेपाल पराजित भएको छ । मुम्बईस्थित वाङखेडे रंगशालामा आइतबार भएको समूह ‘सी’ को पहिलो खेलमा नेपाल ४ रनले पराजित भएको हो ।

इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाउन सक्यो ।

अन्तिम ओभरमा १० रन आवश्यक थियो, तर इंग्ल्यान्डका साम करनले केवल ५ रन दिए । नेपाली ब्याटर लोकेश बमले २० बलमा अविजित ३९ रनको विस्फोटक इनिङ खेल्दै खेललाई रोमाञ्चक बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

advertisement_1676551537.gif