राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३० माघ, २०८२
२०८२ माघ २९, काठमाडौं । आइसिसी टी-२० विश्वकपमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।
यससँगै नेपालले इटलीलाई १२३ रनको लक्ष्य दिएको छ । नेपाल १९.३ ओभरमा १२३ रन बनाएर अलआउट भएको हो।
नेपालका लागि आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७ को योगदान दिए । यस्तै करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।