शुक्रबार, ३ जेष्ठ, २०८२

नेपालले कुवेतलाई ६ विकेटले पराजित, नेपालको लगातार दोस्रो जित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ चैत्र, २०८१

नेपालले कुवेतलाई ६ विकेटले पराजित, नेपालको लगातार दोस्रो जित

२८ चैत्र २०८१, काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । सिरिजमा यो नेपालको लगातार दोस्रो जित हो ।

कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले खर्धशतक प्रहार गरे। कुशलले ५० बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८१ रन बनाए। आशिफले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन बनाए।  

दीपेन्द्रसिंह ऐरीले १२ बलमा ३१ रनको योगदान दिए। कुवेतका यसिन पटेलले २ तथा मोहम्मद सफीक र मोहम्मद असलमले १-१ विकेट लिए।

त्यसअघि टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । 

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । नेपालका लागि सोमपाल कामीले ३ तथा नन्दन यादवले २, ललित राजवंशीले १ र कुशल भुर्तेलले १ विकेट लिए । 

यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले पराजित गरेको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif