मंगलवार, २८ आश्विन, २०८२

नेपालद्वारा नामिबिया तिन विकेटले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ फाल्गुन, २०७९

नेपालद्वारा नामिबिया तिन विकेटले पराजित

काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले शनिबार नामिबिया लाइ ३ विकेटले पराजित गरेको छ ।आसिफ शेख र ज्ञानेन्द्र मल्लको राम्रो साझेदारीको कारणले  नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ । यी दुईले  १ सय ३९ रनको कीर्तिमानी  साझेदारी  र कुशल मल्लको अर्धशतक पछि नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍यो ।

नेपालले नामिबिया माथि जित हात पारेपछि  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान उल्लासमय  बनेको थियो ।नेपालले कीर्तिपुर मैदानमा लिग टु अन्तर्गत भएका आफ्नो तीनवटै खेल जित्ने क्रममा सोमबार नामिबियामाथि दोस्रो जित हासिल गरेको थियो । नेपालले लिग २ को एउटा शृंखलामा तीन खेल जितेको यो पहिलो अवसर हो । लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ ।

नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सम्मिलित लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्न नेपालले बाँकी रहेको ९ मध्येको ६ खेल जित्नु पर्नेछ ।

advertisement_1676553908.gif