मंगलवार, २८ आश्विन, २०८२

नेपालद्वारा युएई 'ए' तिन विकेटले पराजित।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३ श्रावण, २०८०

नेपालद्वारा  युएई 'ए' तिन विकेटले पराजित।

 काठमाडौँ। एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले (युएई) को ‘ए’ टीमलाई तीन विकेटले पराजित गरेको छ।


 आज श्रीलंकाको कोलोम्बोस्थित पीसारा ओभल क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको एक सय ६८ रनको लक्ष्यलाई नेपालले २३ ओभरमा सात विकेट गुमाउँदै पूरा गरेको थियो ।
 नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाएका  थिए । उनले ४३ बलमा ९ चौका र चार छक्काको मद्दतमा ७१ रन बनाएका   हुन्। यो  खेलसँगै नेपाल र युएईको ‘ए’ टोली प्रतियोगिताबाट बाहिरिएका छन् । 

 

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। 
 

advertisement_1744958411.jpg