मंगलवार, २८ आश्विन, २०८२

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ कार्तिक, २०८०

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ। टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा ओमानले   नेपालविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।ओमानका लागि जिशान मकसूदले सर्वाधिक ३२ रन, नसीम खुशीले २५ रन, प्रतिक अथावलेले २४ रन, आयन खानले १८ रन बनाए।शकील अहमद २२ रन बनाउँदै अविजित रहे। 

नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले २/२ विकेट लिए। त्यसैगरी गुल्सान झा र अविनाश बोहराले १/१ विकेट लिए।

advertisement_1676998982.gif