बिहीबार, २८ फाल्गुन, २०८२

टी-२० विश्वकपमा भारतविरूद्धकाे म्याच पाकिस्तानले पनि बहिष्कार गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ माघ, २०८२

टी-२० विश्वकपमा भारतविरूद्धकाे म्याच पाकिस्तानले पनि बहिष्कार गर्ने

२०८२ माघ १८, काठमाडौं । टी-२० विश्वकपमा भारत विरूद्धकाे म्याच पाकिस्तानले बहिष्कार गर्ने बताएको छ।पाकिस्तान सरकारको आधिकारिक एक्स खाताबाट यस्ताे घाेषणा गरेको बताएको हो ।

पाकिस्तान सरकारले आफ्नाे टिमलाई टूर्नामेन्टका लागि श्रीलंकामा यात्रा गर्न भने अनुमति दिएको तर भारत जान भने रोक लगाएको बताएको छ । पाकिस्तान क्रिकेट टिमले १५ फेब्रुअरी २०२६ मा भारतविरुद्ध निर्धारित खेलमा मैदानमा उत्रने छैन।

उसले के कस्तो कारणले यो निर्णय गर्यो त्यो बारेमा भने केहि बताएको छैन ।

तर आइसीसीले बंगलादेशलाई विश्वकप खेल्न वञ्चित गरेपछि त्यसकाे प्रतिक्रियामा पाकिस्तानले यस्ताे निर्णय लिएकाे अनुमान गरेको बताएको छ ।

advertisement_1676551537.gif