सोमबार, ११ कार्तिक, २०८२

रोहितको 'उत्कृष्ट बलिङ' बाट क्यानडामाथि नेपालको जित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ माघ, २०८०

रोहितको 'उत्कृष्ट   बलिङ' बाट  क्यानडामाथि नेपालको  जित

काठमाडौँ। क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले  ७ रनको जित हात पारेको छ । यससँगै नेपालले तीन खेलको शृंखलामा अग्रता लिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपाल निर्धारित ५० ओभर पूरा खेली २ सय २४ रनमा अलआउट भएको थियो । 
प्रगत र कीर्तनले तेस्रो विकेटमा ७९ रनको साझेदारी गरी क्यानडालाई विजयतर्फलागेका  थिए । प्रगतले ५८ बल खेली ९ चौका प्रहार गर्दै ५० रन बनाए । कप्तान  रोहितले उत्कृस्ट  बलिङ गर्दै नेपाललाई पराजित हुने  स्थितिबाट विजय तर्फ  लम्काए  । रोहितले ४ विकेट लिँदै नेपालको विजयमा महत्वपूर्ण भूमिका खेले  ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा  त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा अलआउट हुँदै २२४ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए। 

त्यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले अविजित १० रन बनाए।
नेपालले क्यानडासँग एक दिवसीय तीन खेल खेल्दैछ। 

advertisement_1676553908.gif