राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ४ श्रावण, २०८२
३ साउन २०८२, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ८-० गोलको जित निकालेको छ । शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो ।
नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरिन । यस्तै पूर्णिमाले २३, पहिलो हाफको इन्ज्युरी समयको पहिलो र छैटौं मिनेटमा गोल गरिन् । समीक्षाले भने नवौं मिनेटमा गोल गरिन् । यस्तै कुसुमले ६३ औं मिनेटमा गोल गरिन् ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो ।
नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।