बिहीबार, २८ फाल्गुन, २०८२

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ फाल्गुन, २०८२

स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य

२०८२ फागुन ०५, काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको समूह चरणअन्तर्गतको अन्तिम खेलमा नेपालले १७१ रनको लक्ष्य पाएको छ । मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले पूरा ओभर खेलेर ७ विकेट गुमाउँदै १७० रन बनाएको हो ।

स्कटल्यान्डका लागि ओपनरद्वय जर्ज मुन्से र माइकल जोन्सले उत्कृष्ट सुरुवात दिलाएका थिए । उनीहरूले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । जोन्सले ७१ रन बनाउँदा मुन्सेले २७ रन बनाए । 

ब्रान्डन म्याकमुलनले २५ रन बनाउँदा रिकी ब्रिंगटनले रन जोडे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले दुई तथा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले एक-एक विकेट बनाएका थिए भने ब्रान्डन म्याकमुलनले २५ रन बनाउँदा रिकी ब्रिंगटनले रन जोडन सफल भए ।

नेपालले यसअघिका तीनवटै खेलमा हार व्यहोरेको छ । पहिलो खेलमा बलियो टोली इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपालले त्यसपछिका खेलमा भने सफलता पाउन सकेन । नेपाल इटालीसँग १० विकेट र वेस्ट इण्डिजसँग ९ विकेटले पराजित भएको थियो ।

advertisement_1772818633.jpg