मंगलवार, २८ आश्विन, २०८२

सोमपाललाई गृहगाउँपालिकाले सम्मान गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ चैत्र, २०७९

सोमपाललाई गृहगाउँपालिकाले सम्मान गर्ने

गुल्मी। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले सम्मान गर्ने भएको छ । गुल्मीकाे चन्द्रकोट गाउँपालिकामा जन्मिएका क्रिकेटर कामीलाई पालिकाले ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको गरेको हो। 

आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी गुल्मी जिल्ला र चन्द्रकोट गाउँपालिकाको गौरव बढाएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई हौसला बढाउन सम्मान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो।

अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी प्रशिक्षणमा रहेकाले समय नमिलेको समय निकालेर पछि एक कार्यक्रमका आयाेजना गरेर सम्मान गरिने पालिकाले जनाएको छ।

त्‍यस्‍तै आइसीसी यू-१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाल गृह जिल्ला गुल्मीमा नगद सहित सम्मानित भएका छन् ।आइतबार छत्रकोट गाउँपालिकाले नगद ५० हजार सहित सम्मान पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । 

 

advertisement_1680627680.gif