शुक्रबार, ३ जेष्ठ, २०८२

तेस्रो संस्करणको एनएसल उपाधि ललितपुरलाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ बैशाख, २०८२

तेस्रो संस्करणको एनएसल उपाधि ललितपुरलाई

१३  वैशाख २०८२, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफसीले हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुर हात पारेको हो ।

शनिबार भएको फाइनलमा उपा३धि रक्षा गर्ने क्रममा ललितपुरले पोखरा थन्डर्सलाई २-१ ले पराजित गरेको हो ।

खेलको ४२ औँ मिनेटमा ललितपुरका इमोह इजकिएलले टिमलाई अग्रता दिन सफल भए ।  ६३ औँ मिनेट गोल गर्दै पोखराका सुदिल राईले खेललाई बराबरीमा फर्काएका थिए । तर, त्यसको १० मिनेटपछि ललितपुरका पापा इबु केबेले गोल गर्दै ललितपुरलाई जित दिलाउन सफल भए । 

ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif