शुक्रबार, ३० फाल्गुन, २०८१

दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २२ मंसिर, २०८१

दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने

काठमाडौँ। दशौं राष्ट्रिय खेलकुद आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा आज बसेको ११८औँ बोर्ड बैठकले उक्त निर्णय गरेको  बताइएको छ ।यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको थियो। गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ कात्तिक २ गते बसेको राखेपको ११५औँ बोर्ड बैठकले उक्त मितिमा दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको बताइएको छ 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif