शुक्रबार, ३ जेष्ठ, २०८२

धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ बैशाख, २०८२

धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश

६ बैशाख २०८२, काठमाडौं  । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सम्पन्न पहिलो क्वालिफायर खेलमा धनगढी एफसीलाई २-१ गोलले हराउँदै ललितपुरले फाइनलमा स्थान बनाएको हो । 

ललितपुरका क्रेभेन्स बेलफोर्टले खेलको ५७औं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि जर्ज कार्कीले गोल गर्दै धनगढीलाई बराबरी गोल फर्काए ।

७९औं मिनेटमा पापा इबाउ केबेले गोल गर्दै ललितपुरलाई दोस्रो पटक अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ललितपुर फाइनलमा प्रवेश गर्‍यो ।

भोलि हुने पहिलो पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ। धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif