बिहीबार, २७ कार्तिक, २०८३

विराटनगर किङ्सले गर्यो पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

विराटनगर किङ्सले गर्यो पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित

२०८३ कार्तिक २६ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भएको रोमाञ्चक खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । यस पराजयसँगै पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनको सामान्य योगफल तयार पारेको थियो । पोखराका लागि युवराज सामराले ८४ रन बनाए, तर धनञ्जय लक्षनले २२ रन बनाए भने अन्य ब्याट्सम्यानहरूले ठूलो स्कोर बनाउन सकेनन् । विराटनगरका बलरहरूसामु पोखराको ब्याटिङ लाइनअप धरसायी बनेको थियो ।

जवाफमा १३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर किङ्सले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो र महत्त्वपूर्ण ४ विकेटको जित निकाल्यो । विराटनगरको जितमा ब्याटिङतर्फ बसिर अहमदले सर्वाधिक ३७ रन र लोकेश बमले ३३ रनको योगदान दिए ।

यस जितसँगै अद्यावधिक अंक तालिकामा विराटनगर किङ्सले ६ अंकका साथ आफ्नो स्थिति बलियो बनाउँदै चौथो स्थानमा उक्लिएको छ भने लगातार हार बेहोरेको पोखरा एभेन्जर्स भने प्रतियोगिताको प्लेअफ पुग्ने सम्भावनाबाट बाहिरिएको छ ।

advertisement_1680627680.gif