राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२
२०८२ असोज २९, काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा आज नेपालले आयोजक ओमानविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि शुरु हुदैछ ।
नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो ।
त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले यो खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ ।