सोमबार, ११ कार्तिक, २०८२

विश्वकप छनोट अन्‍तर्गत आज नेपालले सामोआसँग प्रतिपर्धा गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ कार्तिक, २०८२

विश्वकप छनोट अन्‍तर्गत आज नेपालले सामोआसँग  प्रतिपर्धा गर्दै

२०८२ असोज ३१, काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो।

दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ भने नेपाल अहिलेसम्म अपराजित छ । समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपाल अंक तालिकामा ८ अंकसहित शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा रहेको युएईको ६ अंक छ। यस्तै ओमानको पनि ६ अंकसहित तेस्रो स्थानमा छ। उसले आज अन्तिम खेल जापानसँग बिहान ११ बजे खेल्दैछ ।

आज नेपालले सामोआलाई पराजित गरेको खण्डमा भने नेपाल च्याम्पियन बन्नेछ। साथै, नेपाल, युएई र ओमानले शीर्ष-३ मा स्थान बनाउँदै टी-२० विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ ।

advertisement_1676553908.gif